संसदको निगरानी

कुनै पनि प्रजातान्त्रिक मुलुकको कानुन निर्माण गर्ने सर्वोच्च निकाय संसद हो । यो एउटा प्रणाली, प्रक्रिया र व्यक्तिगत सदस्यहरुको संयुक्त रुप हो । कुनै पनि देशमा संसदको संरचनालाई संविधानले नै ग्यारेन्टी गरेको हुन्छ । संसद संसारभरी कानुन निर्माण गर्ने थलोको रुपमा परिचित छ । संसदले कानुनको निर्माणबाहेक, प्रधानमन्त्रीको चुनाव गर्ने, वार्षिक बजेट अनुमोदन गर्ने, विभिन्न थलोमा जनताको प्रतिनिधित्व गर्ने, सरकारलाई आबश्यक निर्देशन दिने र कानुनले निर्देश गरेका अन्य कामहरु गर्ने गर्दछ ।

 

सामूहिक र व्यक्तिगत रुपमा कुनै पनि संसद सदस्यले निर्वाह गर्ने रचनात्मक भूमिका कुनै पनि संसदको सफलताको महत्वपूर्ण पक्ष हो । संसदका कार्यहरु जनताप्रति पूर्णरुपमा उत्तरदायी हुनुपर्ने र यसले गरेका कामहरुको मूल्याकन गर्ने अधिकार जनतामा हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ । संसदका गतिविधीहरुको अनुगमन गर्न आवश्यक पर्ने संयन्त्रको अभाव परिपूर्ति गर्ने उद्देश्यका साथ संसद अनुगमनको अवधारणको विकास भएको हो । संसद अनुगमन सामुहिक रुपमा संसद र व्यक्तिगत रुपमा संसद सदस्यको गतिविधीहरुको मूल्यांकन एवं अनुगमन गर्ने एउटा पहल हो । नेपालमा भने संसद अनुगमन पहिलो पहल हो ।

 

संसद अनुगमनको एउटा उद्देश्य संसदसँग सम्वन्धित सूचना, जानकारी तथा गतिविधिहरु बढीभन्दा बढी सार्वजनिक गर्नु र संसदको उत्तरदायित्व तथा पारदर्शिता कायम राख्नु हो । त्यस्तै अर्को महत्वपूर्ण उद्देश्य जनतालाई उनीहरुले चुनेका प्रतिनिधिले के कस्ता कामहरु गरिरहेका छन् भनी सूचना प्रवाह गर्नु पनि हो । यस बाहेक सामुहिक र व्यक्तिगत रुपमा सांसदहरुको कामकारवाहीमा सुधार तथा संसदको उत्तरदायित्व र पारदर्शीताका लागि सहयोगी भूमिका निर्वाह गर्नु हो ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु