सांसदहरुको प्रगति विवरण

कुनै पनि प्रजातान्त्रिक मुलुकमा संसदका सदस्यहरु जनताका प्रतिनिधीहरु हुन् । जनताले आफुले चुनेका प्रतिनिधिहरु मार्फत नै अप्रत्यक्ष रुपमा शासन प्रणालीमा भाग लिने गर्दछन् ।  त्यसैले जनताका भावना र बोलीलाई संसदमा प्रतिनिधित्व गर्नु कुनै पनि संसद सदस्यको दायित्व हो ।

 

सबै सांसदहरुको हैसियत र कानुन बमोजिम भुमिका समान भए पनि उनीहरुले गर्ने कार्यहरु र निर्वाह गर्ने भूमिका भने फरकफरक रहने गरेको छ । कुनै एउटा सदस्यले नराम्रो काम गर्‍यो  भने समग्र सांसदहरुलाई नकारात्मक ढङ्गले चित्रण गर्ने गरिन्छ । एक सदस्यको नराम्रो कामलाई आधार बनाएर सम्पूर्ण सदस्यहरुलाई आरोप लगाउने परम्पराको अन्त्य गर्नका लागि प्रत्येक सांसद सदस्यहरुको कार्य तथा भुमिकाको अनुगमन अति आवश्यक हुन्छ । त्यसैगरी आफूले चुनेर पठाएका प्रतिनिधिहरुले जिम्मेवारी के कसरी पूरा गरिरहेका छन् ? उनीहरु कस्तो गतिविधिमा संलग्न छन् भनी जान्न पाउने जनताको अधिकार हो ।

 

सांसदहरुको काम र गतिविधिको अनुगमन सांसद रिपोर्ट कार्डमार्फत गर्न सकिन्छ । यो कार्ड निर्माणको उद्देश्य सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रप्रति बढी उत्तरदायी एवं पारदर्शी बनाउन र उनीहरुका हरेक गतिविधि तथा कामहरूको अनुगमन गर्नु हो । यसले संसदमा उनीहरूको सहभागितालाई परिणामुखी, फलदायी र जनताप्रति उत्तरदायी बनाउन सहयोग गर्दछ । कानुनले निर्दिष्ट गरेको उनीहरुको भूमिका र कर्तव्यलाई आधार बनाएर सांसद अनुगमन कार्डको विकास गरिएको हुन्छ ।

 

सांसदहरुको कामको मूल्याङ्कनका लागि संसदीय प्रजातन्त्रका आधारभूत सिद्धान्तहरुको आधारमा केही सूचकहरुको विकास गरिएको छ । विशेषगरी संसदमा उनीहरुको हाजिर तथा उपस्थिति, संसदमा उनीहरुले गरेका प्रश्न, प्रश्नको गुणस्तर, आफ्नो निर्वाचन क्षेत्रमा गरेको भ्रमण, संसदका विभिन्न समितिमा उनीहरुको प्रतिनिधित्व तथा विकास निर्माणमा उनीहरुको सहभागितलाई हेरिन्छ ।

 

यो सांसद अनुगमन कार्डको एउटा उद्देश्य राम्रो काम गर्ने र नगर्नेहरुबीचको फरक छुट्याउनु हो । अर्को उद्देश्य सांसदहरुलाई बढी पारदर्शी, उत्तरदायी र जनताप्रति जिम्मेवार बनाउन तथा मतदाताहरुलाई आफ्ना प्रतिनिधिका गतिविधिबारे जानकारी गराउनु हो ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु