अन्तरवार्ता

.

64x64

हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी

थरुहट प्रदेश मागका सम्बन्धमा सरकारले पछिल्लो पटक वार्ताको आह्वान गरे लगत्तै आन्दोलनकारीका तर्फबाट अहिले नेताहरू राजकुमार लेखी, मिनराज चौधरी र अमनलाल मोदी सरकारसँग अनौपचारिक वार्तामा सक्रिय छन्। तर, अहिलेसम्म वार्तामा ठोस प्रगाति भने भएको छैन। यसै परिप्रेक्षमा जनजाती महासंघका पुर्वअध्यक्ष समेत रहेका लेखीसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंशः अझ बढी पढ्नुहोस्...

64x64

फागुन १६ गतेअघि नै दलहरुको बीचमा एक प्रकारको सहमति हुनु आवश्यकः प्रदीप ज्ञवाली

फागुन १६ गतेपछि देशमा उत्पन्न परिस्थितिलाई बुझेर हामीले त्यसअघि नै दलहरुको बीचमा सहमति होस् भनि चाहेका छौ । फागुन १६ गते पछि दलहरुको बीचमा देखिएको ध्रवीकरण झन बढेर आउँछन् । चाहे विपक्षी दलहरुको आन्दोलन सफल होस् वा असफल होस्, ध्रवीकरण झन बढेर जान्छ । सफल भयो भने सडकबाट नै सविधान निर्माण गर्नेै भनि जनतामा एउटा म्यासेज जान्छ र अवस्था त्यतै तिर जान्छ । यदि असफल भयो भने सत्ताधारी दलहरुले ए यिनीहरुसँग त जनता नै रहेनछ अब जे प्रकृयामा गएर सविधान जारी गरेपनि हुने भो भनि अवस्था अगाडि बढ्न सक्छ त्यसैले मेरा विचारमा फागुन १६ गतेअघि नै दलहरुको बीचमा एक प्रकारको सहमति हुनु आवश्यक छ । त्यसैका लागि प्रधानमन्त्री सुशील कोइरालाले दुई दुई पटक वार्ताका लागि आह्वान गर्नुभएको छ । विपक्षी दलकै आग्रहमा अनिश्चितकालका लागि सविधानसभा स्थगित गरिएको छ । शान्ति प्रकृयासँग सम्बन्धित दुईटा आयोग गठन गरिएको छ । सत्तापक्ष वार्ताका लागि यति लचकता अपनाए पनि विपक्षीहरु सडकबाट समाधान खोज्नतिर लागेका छन् । यसबाट हामीलाई के लागेको छ भने विपक्षीहरु सविधानसभाबाट नै त विमुख हुन थालेको हो ? अझ बढी पढ्नुहोस्...

64x64

सहमतिमै जानुपर्छ, द्वन्द्वले फाइदा गर्दैन:माधवकुमार नेपाल

प्रमुख राजनीतिक शक्तिले शान्तिप्रक्रिया टुंग्याउनेदेखि मुलुकलाई गणतन्त्रमा ल्याउनेसम्मका महत्त्वपूर्ण निर्णयहरू वार्ता, संवाद र सहमतिबाटै टुंग्याएका थिए। दलहरूबीचको सहमतिको यात्राले परिवर्तन पनि सम्भव भयो। तर, अहिले प्रमुख दलहरूबीचको ध्रुवीकरणका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा पनि उत्पन्न भएको छ। विगतमा राजनीतिक गतिरोधको यस्तै अवस्थामा मध्यमार्गी भूमिका खेल्ने नेताका रूपमा आफ्नो परिचय दिँदै आएका व्यक्ति हुन्, एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। राष्ट्रिय राजनीतिमा देखिएको यही गतिरोध र त्यसलाई फुकाउने उपायको सेरोफेरोमा रहेर कान्तिपुर दैनिकका दुर्गा खनाल र जगदीश्वर पाण्डेले नेता नेपालसँग गरेको कुराकानीको सम्पादित अंश : अझ बढी पढ्नुहोस्...

64x64

मधेशी मोर्चाका नेताबीच खुलेर कुरा हुँदैन: रामेश्वर राय यादव,वरिष्ठ उपाध्यक्ष,मजफो नेपाल (लोकतान्त्रिक)

हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारजी जुन प्रस्ताव ल्याउनु भएको थियो त्यसमा पनि कन्फ्यूज थिए । अरु अरु पनि कन्फ्यूज थिए । तर जब पार्टीको बैठकमा उहाँले त्यसको बारेमा कुरा राख्नु भयो अनि पार्टीका सबै साथीहरु स्पष्ट हुनु भयो । अझ बढी पढ्नुहोस्...

64x64

जिल्ला नटुक्रयाई कुरा मिल्दैन:विजयकुमार गच्छदार

काठमाडौ, माघ १८:संंविधान निर्माणको विषयलाई लिएर राजनीतिक दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । माघ ११ गते दुई तिहाइको समर्थनमा संविधानसभाले संविधानका विवादित विषयलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउन प्रश्नावली बनाउन प्रस्ताव समिति घोषणा गरेपछि सत्तापक्ष र विपक्षी मोर्चाबीच ध्रुवीकरण झनै बढेको छ । यद्यपि विपक्षी मोर्चामा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ल्याएको मध्यमार्गी प्रस्ताव यतिबेला सत्तापक्ष र प्रतिपक्ष दुवैतिर चर्चामा छ । यही सेरोफेरोमा कान्तिपुरका कुलचन्द्र न्यौपाने र गंगा बीसीले गच्छदारसँग गरेको कुराकानीको सम्पादित अंश : अझ बढी पढ्नुहोस्...

64x64

दलहरूले सहमति गर्न नसकेका होइनन्, नचाहेका हुन

माघ ८ मा संविधान जारी गर्ने दलीय प्रतिबद्धता र संविधानसभाको घोषणासमेत विफल भएको छ। संविधान जारी गर्नुपर्ने संविधानसभा झन् अनिर्णयको बन्दी बनिरहेको छ। संविधानकै अन्तर्वस्तुमा दलीय विमति उत्कर्षमा पुग्दा विगत एक सातादेखि संविधानसभाको बैठक अवरूद्ध मात्र होइन, मर्यादाविपरीत तोडफोड र उद्दण्ड क्रियाकलापसमेत भएका छन्। संविधान निर्माणको प्रक्रिया अब कुन बिन्दुबाट अघि बढ्ने भन्ने अन्योल यथावत् छ। यही सन्दर्भमा संविधानसभाका नेतृत्वकर्ता सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार आफ्नै निवास बालुवाटारमा कान्तिपुरका दुर्गा खनाल र कुलचन्द्र न्यौपानेसँग झन्डै डेढ घण्टा लामो संवाद गरे। प्रस्तुत छ उक्त संवादको सम्पादित अंशः अझ बढी पढ्नुहोस्...

64x64

बलजफ्ती संविधान बनाएर देखाउनुस्, हामी सडकमा हुन्छौं : दाहाल

काठमाडौं, माघ १३: एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार सिंहदबार आफ्नो पार्टीको संसदीय दलको कार्यालयमा पुग्दा निकै हतारमा थिए । कालो ओभरकोट र टाइ लगाएका उनी काठमार्डौस्थित भारतीय दूतावासद्वारा आयोजित गणतन्त्र दिवसमा सहभागी भएर आन्दोलनको घोषणा गर्ने बैठकमा आएका थिए । संसदमा चार दिन नारा लगाउँदा स्वर भास्सिएका उनले कान्तिपुरसँगको कुराकानीको सुरुमै भने, तत्काल वार्ता गर्नुको कुनै अर्थ छैन, व्यक्तिगत भेटघाट गर्दैनौ भनेका छैनौ । अझ बढी पढ्नुहोस्...

64x64

सभासद्हरु विकासका एजेण्ट बनाइएका छन: चित्रबहादुर केसी

चित्रबहादुर केसी राष्टिय जनमोर्चाका सभासद् हुन् । संसद र संसदीय समितिका बैठकमा नियमित सहभागिता जनाउने केसी नीति निर्माणका लागि आएका सभासद्हरु मन्त्रालय धाउने बिकासे एजेण्ट बन्नु पर्ने अबस्थाले बेथिती बढेको बताउछन् । संविधान सभाको राजनीतिक संवाद समितिका सदस्य केसी बिगतमा संसदको सार्बजानिक लेखा समितिको सभापतिको जिम्मेवारी समेत बहन गरिसकेका छन् । प्रस्तुत छ, संविधान निर्माण र संसदीय पारदर्शीताको बिषयमा केसीसंग गरिएको कुराकानीः अझ बढी पढ्नुहोस्...

64x64

नयाँ संविधानमा प्रत्येक नेपालीको अपनत्व गाँसिनुपर्छ

प्रमुख राजनीतिक दलहरूबीच संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति नभएकामा आमनेपालीझैं प्राध्यापकपीताम्बर शर्मा पनि चिन्तित छन्। संघीयताजस्तो पेचिलो मुद्दालाई दलहरूले आआफ्नो राजनीतिक दाउपेचका लागि मात्रै प्रयोग गरेको र बेलैमा गम्भीर छलफल नगरेका कारण सहमति नभएको बताउने शर्मा विकासका साथै पहिचानलाई पनि उत्तिकै जोड दिने गरी संघीयताको खाका कोर्नुपर्ने सुझाव दिन्छन्। नेपालको विकास र जातीय विविधताका विषयमा 'नेपाली क्यानभासका रङहरू शीर्षकको पुस्तकसमेत लेखेका संघीयता मामिलाका जानकार शर्मासँग कान्तिपुरका गंगा बीसी र बसन्त बस्नेतले शनिबार बिहान गरेको कुराकानी। अझ बढी पढ्नुहोस्...

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु