सभासद्हरु विकासका एजेण्ट बनाइएका छन: चित्रबहादुर केसी
64x64

चित्रबहादुर केसी राष्टिय जनमोर्चाका सभासद् हुन् । संसद र संसदीय समितिका बैठकमा नियमित सहभागिता जनाउने केसी नीति निर्माणका लागि आएका सभासद्हरु मन्त्रालय धाउने ‘बिकासे एजेण्ट’ बन्नु पर्ने अबस्थाले बेथिती बढेको बताउछन् । संविधान सभाको राजनीतिक संवाद समितिका सदस्य केसी बिगतमा संसदको सार्बजानिक लेखा समितिको सभापतिको जिम्मेवारी समेत बहन गरिसकेका छन् । प्रस्तुत छ, संविधान निर्माण र संसदीय पारदर्शीताको बिषयमा केसीसंग गरिएको कुराकानीः
संविधान निर्माणको काम कहाँ पुगेको छ ?
संवाद समिति अनिर्णीत बन्दा संविधान लेखनको काम अलपत्र परेको छ । अघिल्लो संविधान सभामा घोटी पिसि गर्दापनि संविधानका आधारभूत बिषयमा सहमति कायम गर्न सकिएन । खास गरेर शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता आधारभूत बिषयमा सहमति भएके थिएन । अहिले पनि आठ दश महिनामा जुन बिषयमा अघिल्लो संविधानसभाले टुगाउन सकेको थिएन, जुन बिषयले संविधानसभा बिघठन भयो त्यही कारण अहिले पनि संविधान सभामा गतिरोध सृजना भएको छ । जहाँ छाडेर बिघठन भएको थियो, संवाद सहिति अहिले पनि त्यही छ ।
ऋघिल्लो चार बर्षमा संविधान निर्माणको कुरा प्रधान भएको थियो, चार बर्षमा चारवटा प्रधानमन्त्री भए । अहिले सत्ताका लागि त्यस्तो प्रतिष्पर्धा गरेजस्तो देखिएको छैन । अघिल्लो चार बर्षमा प्रधान पक्ष सत्ता भयो, पछिल्लो एक बर्ष सत्ता गौण र संविधान निर्माणको काम प्रधान भयो । तर संविधानका अन्तरबस्तुमा सहमति जुटन सकेन, सहमति नभएपछि प्रक्रिर्यामा जानु पर्नेमा कतिपय राजनीति शक्ति प्रक्रिर्यामा जान डराएका कारण सहमति जुटन सकेन् । जातीय आधारमा नेपालको संविधान निर्माण हुन्न भनेर पछिल्लो निर्वाचनको जनमतलाइ स्वीकार गर्न सकेको भए अहिले सम्म संविधानको ड्राफ्ट आइसक्र्थो । तोकिएको समयमै संविधान बन्थ्र्यो ।
संवाद समितिको बैठक नियमित बसेको देखिन्छ, त्यहाँ भीत्र के हुन्छ ?
त्यहाँ सबैले आ–आफ्नो कुरा राख्ने मात्र हुन्छ । कुनै फलदायी कुरा हुदैन । सबैले आफ्नो पार्टीको नीति छ त्यही छ । कसैले नयाँ कुरा गरेको मैले पाएको छैन् । ठूला दलका नेताहरु खासै बस्दा पनि बस्दैनन, आएर यसो हाजिर गरेर हिडछन् । त्यो पनि हाजिर सार्बजानिक गर्ने भएकोले । सहमति हुन नसके पनि निरर्थक बैठक बोलाइ रहने । मैले त भनिसके जुन समितिले निकाश दिन सक्दैन त्यो समितिको निश्कर्ष के रहयो ?
संवाद समितिलाइ निकाश दिन के गनै सकिन्छ ?
संवाद समितिलाइ निकाश दिन समितिमा आएका प्रस्तावमा छलफल गराएर, पूर्ण बैठकमा पठाउने हो । प्रक्रिर्या बाट संविधान पारित गर्ने हो । यति अफ्टयारोको अबस्थामा देशलाइ पुर्याइएको छ कि, निकास नदिइ सुखै छैन् ।
संसद र संविधान सभाका क्रिर्याकलाप जनताले कसरी पाउने ?
संसदीय प्रणाली आफैमा पूर्ण व्यबस्था होइन, तर प्रचलित व्यबस्थामा एउटा उन्नत व्यबस्था हो । जनताका समस्यासंग जोडेर संसदका क्रिर्याकलाप ०६४ पछि संसदीय प्रणालीलाइ । समयमा बजेट ल्याउनै नदिने, सकेसम्म संसद चल्न नदिने र संसदमा अबरोध गर्नुको पछाडि जनताको हितको लागि होइन, गुटगत स्वार्थका लागि यो ६, ७ बर्षको समय घिनलाग्दो किसिमले भइराखेको छ । आफूलाइ असाद्धै प्रगतिशिल शक्तिबाट । संसदीय प्रणालीबाट जनताले कुनै प्रकारको शन्देश प्राप्त गरेको अनुभव छैन् ।
संसद भीत्र भएका क्रिर्याकलाप जनताले कसरी बुझ्ने ?
मिडिया निष्पक्ष भएमात्र, सत्तामा भएका पार्टीका साना तिना कुरालाइ प्रचार गर्छ । पहिले संसदीय गतिबिधि भनेर रेडिया नेपाल र नेपाल टिभिले दिने गर्दथ्र्यो । संसद चलोको समयमा ठूला पार्टीका नेता बोलेको हाइलाइट गर्छ । तर संसदमा भइरहेका गतिबिधि, के भइराखेको छ रु संसदको क्रिर्याकलाप के भइराखेको छ भन्ने संयन्त्रको व्यबस्था छैन् । सासंदहरुले समेत सूचना पाउन सझिलो छैन् । संसदमा भएका कुरा जनताले थाहा पाउन सरकारले नै सार्बजानिक गरि दिनुपर्छ । जनताले संसद भीत्र भएको यथार्थ जानकारी पाउने व्यबस्था छैन् ।
सासंदहरुले आफ्नो भूमिका सही ढंगले निर्बाह गरेका छन ?
संसदको मुख्य काम संविधान निर्माण गर्नु हो, तर हाम्रो देशमा सासंदहरु नीति निर्माण भन्दापनि विकासका एजेण्ट जस्ता बनेका छन् । उनीहरु संसदमा छलफल गर्ने, कानून निर्माण गर्ने कुरामा घोत्लिने र अध्ययन गर्ने भन्दा बढी भन्दा बढी मन्त्रालय धाएर संसदको कार्यकाल सकिन्छ । विकास–निर्माण, ठेक्का, आफ्नो मान्छेलाइ जागिर खुवाउने, बिदेशी दुतावास धाउने, मन्त्रीका घर दैलोमा धाउने मुख्य व्यबसाय गरेको देख्छु । जुन कुरा मैले गर्दिन, मैले आफूले के ठान्छु भने जनताले ऐन कानून निर्माणका लागि बिधि सम्मत ढंगले रकम कमल जिल्लामा जानु पर्छ । अहिले त के भइराखेको छ भने जुन पार्टीको अर्थमन्त्री हुन्छ, उसैको जिल्लामा, निर्वाचन क्षेत्रमा मात्र ठूलो धनरासी जान्छ । उसैको पार्टीको आर्को सांसदको चुनाव क्षेत्रमा बजेट जादैन । सरकारले समानुपाति र सन्तुलित बजेट बितरणको नीति नल्याउदा सांसदहरु सरकार र मन्त्रीको ढोका ढोका चाहार्ने काम गरिरहेका छन् । 
सासंद विकास कोषको रकम सदुपयोग÷दुरुपयोगको प्रबृत्ति कस्तो छ ?
सांसद विकास कोषको रकम खासै सदुपयोग भएको छैन् । सांसद कोषको पैसा तल लगेर आफ्ना कार्यकर्तालाइ दिने हो । त्यो उपभोक्ता समितिले कति पारदर्शी काम गर्छ, रकम कति पारदर्शी काम गर्छ भन्ने टुगो छैन् । भष्टाचार गर्न हुदैन, राजनीति व्यापार होइन भन्ने बुझाउन सके दुरुपयोग हुदैन । जनताको भलाइका लागि भएको पनि छ, अनुगमन नहुदा अत्याधिक दुरुपयोग भएको छ ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु