संबिधानसभा » समाचारहरु

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ:नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिएका छन्।

राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं:संविधानसभाबाट राजसंस्था कायम राख्नुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। मंगलबार बसेको संविधानसभाको बैठकमा संविधानसको परिमार्जित विधेयकमाथिको संशोधन प्रस्तावमाथिको मतदानका क्रममा राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

असोज ३ मा संविधान

काठमाडौं:नेपालको संविधान, २०७२ असोज ३ गते आइतबार साँझ ५ बजे जारी गरिने भएको छ। संविधानसभा भवनमा हुने समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन्।

चार भाग ५७ धारा पारित

काठमाडौं- संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ मा रहेको चार भाग र ५७ वटा धारा पारित गरेको छ। विधेयकका १४ धारा सर्वसम्मत, १० धारा संशोधनसहित र ३३ धारा दुई तिहाइ बहुमतले पारित गरिएका हुन्।

संविधानमा आंशिक उत्सव मनाउँछौ : राजकुमार लेखी

२९ भदौ,काठमाडौं । थारु आन्दोलनकारीले संविधानसभाबाट जारी हुन लागेको संविधानलाई आंशिकरुपमा स्वागत गर्ने भएका छन् । मधेसवादी आन्दोलनकारीले संविधान अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला थारुहरुले भने संविधानलाई स्वीकार गर्दै थप अधिकारका लागि संघर्ष गर्ने भएका छन् ।

अब यसरी बन्छ संविधान

काठमाडौ, श्रावण २५ : संविधान विधेयक निर्माण, सैद्धान्तिक छलफल, संशोधन र पारित गर्ने प्रक्रिया सहज रूपमा अघि बढेमा देशले भदौको १० सम्ममा नयाँ संविधान पाउने सम्भावना छ। यसअघि प्रमुख दलका शीर्ष नेताहरूबीच साउन मसान्तमै संविधान जारी गर्ने सहमति भएको थियो।

मस्यौदा केके भए परिमार्जन ? केही व्यवस्था उस्तै

काठमाडौ, श्रावण २५: संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका अधिकांश सुझाव ग्रहण गरेको छ। तर, जनमत संकलनका क्रममा अधिकांश जनताले प्रमुख कार्यकारी आफूहरूले सोझै चुन्ने चाहना व्यक्त गरे पनि संवाद समितिले मस्यौदामा प्रस्तावित सुधारिएको संसदीय व्यवस्थालाई यथावत् राखेको छ।

सिमाको विरोधमा फरक मतको ओइरो

काठमाडौं, श्रावण २५:प्रमुख चार दलहरुले गरेको ६ प्रदेशको सिमांकन सम्बन्धी सहमतिमा सहमतिका हस्ताक्षरकर्ता दलकै सभासद्हरुले फरक मत राखेका छन् । जिल्ला टुक्राइएको, सिमांकन नमिलाएको लगायतका कारण उल्लेख गर्दे असहमति राखेका छन् । कतिपय जिल्लामा र क्षेत्रमा यही बिषयलाई लिएर सर्वासधारण र सरोकारवालाहरुले विरोध समेत गरेका छन् । फरक मत राख्ने सभासद्हरुका परस्परविरोधी धारणा छन् ।

जनताका अधिकांश सुझाव समेटिए

काठमाडौं, श्रावण २५:संविधासभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका अधिकांश सुझाव ग्रहण गरेको छ । संविधान विधेयक निर्माण, सैद्धान्तिक छलफल, संसोधन र पारित गर्ने प्रक्रिया सहजरुपमा अघि बढेमा देशले भदौको १० सम्ममा नयाँ संविधान पाउने सम्भावना छ । यसअघि प्रमुख दलका शीर्ष नेताहरुबीच साउन मसान्तमै संविधान जारी गर्ने सहमति भएको थियो ।

प्रदेश सिमांकन अन्तरिम, परिवर्तन हुनसक्छ : सिटौला

झापा, श्रावण २५: नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अहिले कायम गरिएको प्रदेशको सिमाङ्कनलाई अन्तरिम भन्दै यसमा धेरै विवाद नगर्न आग्रह गरेका छन् ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु