संबिधानसभा » समाचारहरु

'राम्रा सुझाव' छानिँदै, प्रतिवेदन लेख्न १० दिन माग

७ श्रावण,काठमाडौं:संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सबै सुझाव ग्रहण नगरिने भएको छ। सुझाव जनमतसंग्रहको परिणाम नभएकाले आवश्यक मात्रै ग्रहण गर्ने तयारी भइरहेको छ।

आक्रोश, जिज्ञासा अनि सुझाव...

काठमाडौं:सुरुमा आक्रोश,त्यसपछि जिज्ञासा अनि बल्ल सुझाव।

संविधान मस्यौदाका १८ बुँदामा सर्वोच्चको विमति

काठमाडौं:सर्वोच्च अदालतले नयाँ संविधान मस्यौदाको १८ बुँदामा विमति जनाउँदै त्यसलाई सच्याउनका माग गर्दै संविधानसभामा सुझाव दर्ता गराएको छ। वैद्यनाथ उपाध्यायको संयोजकत्वमा गठित अध्ययन समितिले बिमतिका विषय तयार पारेको प्रतिवेदनलाई संशोधन गर्दै फुलकोर्ट बैठकले पारित गरेर संविधानसभामा बुझाएको सहरजिस्ट्रार बिपुल न्यौपानेले बताए।

संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन आह्वान

काठमाडौँ : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन सम्पूर्ण नेपाली जनतामा आह्वान गरेका छन।

मुलुकले छिट्टै संविधान प्राप्त गर्छ: ओली

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले अब छिट्टै नयाँ संविधान प्राप्त गर्ने बताएका छन्।

मस्यौदा पुर्‍याउन 'हवाई सुविधा चाहियो'

२५ असार,काठमाडौं: संविधानसभा सचिवालयले संविधानको मस्यौदा लिएर जनतासम्म पुग्न आवश्यक हवाईजहाज, हेलिकप्टरसहित यातायात सहयोगको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ। असार ३१ वा साउन १ गते नै सभासदहरू जिल्ला पुगिसक्नुपर्ने भन्दै सचिवालयले नजिकका जिल्लामा गाडी, हवाईजहाज पुग्ने क्षेत्रमा सोही र नभए हेलिकप्टर व्यवस्था गर्न गृहमन्त्रालयसँग आग्रह गरेको संविधानसभा सचिवालयले जानकारी दिएको छ।

५ साना दलद्वारा संबिधानसभाको बैठक बहिष्कार

काठमाडौ, असार २०:सीमाङ्कन बिनाको प्रदेशले संघीयता नहुने भन्दै समाजवादी फोरमसहित ५ सना मधेसवादी दलले संबिधानसभाको आजको बैठक बहिष्कार गरेका छन् ।

संवैधानिकरुपमै विभेदको तयारी: मधेसी नेता

काठमाडौं, असार १९ : मधेसी दलका नेताहरुले राज्यले मधेसीसँग वर्षौंदेखि व्यवहारिकरुपमा गरेको विभेदलाई नयाँ संविधानपछि अब वैधानिकता प्रदान गर्न लागिएको आरोप लगाएका छन् ।

राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नुपर्ने प्रावधान

काठमाडौ, असार १९ : नयाँ संविधानको प्रस्तावित मस्यौदामा नागरिकको कर्तव्य शीर्षकमा नेपालले हालसम्म अभ्यास नगरेको एउटा प्रावधान समावेश छ, राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु ।

संविधान मस्यौदा जनतामा

१८ असार: संविधानसभाले नयाँ संंविधानको प्रारम्भिक मस्यौदा जनतामाझ पुर्‍याउन मार्गप्रशस्त गरेको छ। बिहीबार संविधानसभा बैठकले सभासदलाई अध्ययनका लागि सात दिन समय दिने नियमावलीको व्यवस्था निलम्बन गरी जनताको राय लिन फास्ट ट्र्याकबाट मार्गप्रशसस्त गरेको हो।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु