काठमाडौँ:मस्यौदा संविधानमा व्यवस्थापिकासंसदका सदस्यको कुल सङ्ख्या ८७० प्रस्ताव गरिएको छ ।मङ्गलबार संविधानसभामा पेस गरिएको मस्यौदा संविधानको धारा ८६ मा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक सङ्घीय संसद्को प्रस्ताव गरिएको हो।
काठमाडौ, असार १६:मस्यौदा समितिअन्तर्गतको कार्यदलबाट शुक्रबार सहमतिसहित पारित नयाँ संविधानको मस्यौदामा १६ बुँदे सहमति गरेका चार दलबीच नै चर्को विवाद उत्पन्न भयो । सोमबार मध्यरातसम्म आइपुग्दा त विवाद यति गहिरियो कि, एमाओवादीबाट संविधानसभा मामिला हेर्ने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चार पक्षीय बैठकमा भनिदिए, 'हामी संविधानको यो मस्यौदाको अंग बन्न सक्दैनौं, तपाईहरु जे मन लाग्छ गर्नुस् ।'
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै, सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभामार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं।
असार १५ :मध्यरातमा भएको सहमति अनुसार संविधान सचिवालय र संविधान मस्यौदा समितिले अहिले विवादित विषयहरुलाई मिलाएर भाषागत त्रुटीहरु सच्याइरहेका छन् । मंगलबार बिहान पनि संविधान सचिवालय सिंहदरबारमा समितिका संयोजक कृष्ण सिटौलासहित मस्यौदालाई अन्तिम रुप दिइरहेका छन् ।
असार १५,काठमाडौं:संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामाथि एमाओवादीले आपत्ति जनाएपछि त्यसमा सहमति जुटाउन गएराति अबेरसम्म राजनीतिक वार्ता भए। दश बजे राति संविधान सभा भवन नयाँ वानेश्वरमा सुरु भएको शीर्ष नेताहरुको वार्ता मध्यरातसम्मै चल्यो।
१३ असार, काठमाडौं । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा सहमति जुटाउन प्रमुख चार दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
आषाढ १२:संविधान मस्यौदा समितिको पूर्ण बैठकमा नयाँ संविधानको मस्यौदामाथि छलफल भएको छ । शनिबार राति अवेरसम्म सिंहदरवारस्थित संसद सचिवालयमा बसेको बैठकमा संविधानको प्रारम्भिक एकीकृत मस्यौदा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रित रहेर बैठकमा सदस्यहरुले आआफ्ना धारणा राखेका छन ।
आषाढ १२:एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको एक महिनाभित्रै नयाँ संविधान जारी हुने दावी गरेका छन । आगामी १८ दिनभित्र मस्यौदा तयार हुने र नयाँ संविधान आउने भट्टराईको तर्क छ ।
आषाढ ९:संविधानको मस्यौदालाई अन्तिम रुप दिन संविधान निर्माण मस्यौदा समितिको पूर्ण बैठक सुरु भएको छ । सिंहदरबारमा जारी समितिको बैठकले मस्यौदालाई अन्तिम रुप दिएपछि संविधानसभामा प्रस्तुत हुनेछ ।
आषाढ ९: संविधान मस्यौदा समितिको कार्यदलले संविधानको प्रारूप तयार पारेको छ। नयाँ संविधान ३५ भाग र ३ सय १२ धाराको हुनेछ। समितिका सभापति कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मातहत पाँच उपसमितिका संयोजक रहेको कार्यदलले केही विवादित विषय यथावत राख्दै संविधानको प्रारूप तयार पारेको हो।
तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?