संबिधानसभा » समाचारहरु

शोक प्रस्ताव पारित गरेर संविधानसभा बैशाख ६ गते सम्म स्थगित

पूर्व सांसद सलि मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव पारितगर्दै संविधान सभाको बैठक बैशाख ६ गते सम्मका लागि स्थगित भएको छ ।संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको बैठक अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।

बाग्लुङ उपनिर्वाचनः मतगणना जारी, काग्रेसको अग्रता

काठमाडौं, २९ चैत (पार्लियामेण्ट वाच): संविधानसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नं १ मा शनिवार भएको उपनिर्वाचनको मतगणना जारी छ। आइतवार दिउसो सम्मको पछिल्लो मत परिणामअनुसार कांग्रेसकी चम्पादेवी खड्काले अग्रता लिइरहेकी छिन् ।

शोक प्रस्ताव पारित गरेर संविधानसभा बैठक चैत्र ३० सम्म स्थगित

काठमाडौ, चैत्र २३ (पार्लियामेण्ट वाच): नेकपा एमालेका पूर्व सभासद रामनाथ ढकाल र नेपाली काग्रेसका पूर्व सांसद महेन्द्र यादवको निधनमा शोक प्रस्ताव पारितगर्दै संविधान सभाको बैठक एक साताको लागि स्थगित भएको छ ।

संसदीय खुलापनसम्बन्धी घोषणापत्र विमोचन

काठमाडौँ, चैत १७ गते । सूचनाको हकका लागि नागरिक अभियान (सिसिआरआइ)ले मङ्गलबार ललितपुरमा आयोजना गरेको संसदीय खुलापनसम्बन्धी घोषणापत्र विमोचन तथा अन्तक्र्रिया कार्यक्रममा सभाध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाएर मुलुकलाई समाधान दिन दलहरूलाई आग्रह भएको छ ।

चैत्र २३ मा संविधानसभा बैठक

काठमाडौ, चैत्र १५ (पार्लियामेण्ट वाच): राजनीतिक दलहरुबीच सहमति जुटन नसक्दा माघ २९ देखी अनिश्चित कालकालागि स्थगित संविधान सभाको बैठक २३ चैत्रमा बस्ने भएको छ ।

संविधानसभाको गतिरोध लम्बियो, १५ जेठमा संविधान आउने संभावना क्षीण

काठमाण्डौ चैत्र १० (पार्लियामेण्ट वाच) राजनीतिक दलहरुबीचको संवाद हिनताका कारण संविधानसभाको गतिरोध लम्बिएको छ । प्रमुख दलहरुबीच सहमति जुटन नसक्दा माघ २९ गते देखी संविधान सभा बैठक बस्न सकेको छैन् ।

मोर्चाका बहिस्कारवादी सभासद् संसदीय समितिमा आउन थाले

काठमाडौ, फागुन २५ (पार्लियामेण्ट वाच): संविधानसभा, व्यबस्थापिका संसद र संसदीय समिति बहिस्कारको निर्णय गरेको एकीकृत माओवादी र मधेशवादी दलका सभासद्हरु संसदीय समितिमा उपस्थित हुन थालेका छन् ।

जेठ १५ भित्र संविधान ल्याऔं : सभाध्यक्ष

काठमाडौं, फाल्गुन १९:संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलहरूसमक्ष ढिलोमा जेठ १५ भित्र नयाँ संविधान जारी गर्ने लक्ष्यसहित तत्काल काम थाल्न प्रस्ताव गरेका छन् । उनले मंगलबार प्रमुख दलका मुख्य सचेतकहरूसँगको बैठकमा ढिलोमा आउँदो गणतन्त्र दिवस (जेठ १५) भित्र संविधान जारी गर्ने गरी विवादित अन्तरवस्तु र प्रक्रियामा सहमति गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

संविधान लेखन प्रक्रिया तीन सातादेखी अबरुद्ध

काठमाडौ १७ फागुन (पार्लियामेण्ट वाच): एकीकृत माओवादी लगायत विपक्षी दलको बिरोधका कारण संविधान लेखन प्रक्रिया तीन साता देखी अबरुद्ध बनेको छ ।

सांसदको कार्यक्षमता मूल्याङकन संयन्त्र जरुरी

काठमाडौ, फागुन ११ (पार्लियामेण्ट वाच): बिभिन्न राजनीतिक दलका सभासद्, पूर्ब सांसद र विज्ञहरुले सांसदले गरेका कामको कार्यक्षमता मूल्याङकन संयन्त्र बनाउन जोड दिएका छन् ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु