संबिधानसभा » समाचारहरु

१ अर्ब १३ करोड ३६ लाख

काठमाडौ, फागुन १ (पार्लियामेण्ट वाच): संविधान निर्माणका लागि एक बर्षको अवधिमा राज्यकोषबाट १ अर्ब १३ करोड ३६ लाख २० हजार ८ रुपैयाँ खर्च भएको छ । २०७० माघ ८ देखी २०७१ माघ ८ समयको अबधिमा १ अर्ब १३ करोड ३६ लाख बराबरको खर्च भएको संसद सचिवालयले जनाएको छ ।

संसदबाट आशिंक सूचना मात्र प्राप्त

काठमाडौ, फागुन १ (पार्लियामेण्ट वाच): व्यबस्थापिका संसद सचिवालयले संविधानसभा र संसदसंग सम्बन्धीत सिमित सूचना उपलव्ध गराएको छ । सूचनाको हकका लागि नागरिक अभियानका तर्फवाट दिएको निदेदनका आधारमा सचिवालयले आशिंक सूचना मात्र उपलव्ध गराएको हो ।

संविधानसभाबाट प्रश्नावली समितिको प्रतिवेदन अनुमोदन

२९ माघ, काठमाडौं । संविधान सभामा प्रतिनिधित्व गर्ने ३१ मध्ये २९ दलको बहिस्कारका बिच संविधानसभाले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।

सहमति जुटाउन प्रक्रिया रोकिने

२८ माघ,काठमाडौं:संविधान निर्माणको जारी प्रक्रिया केही दिन रोकेर दलीय सहमतिको पहल गरिने भएको छ। प्रस्ताव निर्माण समिति' ले तयार पारेको प्रतिवेदन संविधानसभामा बिहीबार पेस गरी अनुमोदन गरेपछि केही दिन संविधानसभा बैठक स्थगित गरेर सहमतिको पहल गरिने भएको हो।

संविधानसभा बैठक बहिस्कार गर्ने राप्रपा नेपालको चेतावनी

कठमाडौ, माघ २८ (पार्लियामेण्ट वाच): संविधान सभाले गठन गरेको प्रस्ताव समितिले आफूहरुका एजेण्डा प्रश्नावलीमा समावेश नगरेको भन्दै राप्रपा नेपालले संविधानसभा बैठक बहिस्कारको चेतावनी दिएको छ ।

सत्यनिरुपण तथा बेपत्ता नागरिक छानविन आयोग गठन

काठमाडौं, माघ २७ (पार्लियामेण्ट वाच): शान्ति सम्झौता भएको ८ बर्षपछि सरकारले माओवादी सशस्त्र संघर्षको क्रममा भएका घटनाको छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन गरेको छ ।

बार्तामा बस्न बिपक्षी मोर्चाका थप सर्त

काठमाडौ, २६ माघ, (पार्लियामेण्ट वाच): एकीकृत माओवादी नेतृृत्वको विपक्षी मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाको आह्वान पछिपनि वार्तामा बस्न आनाकानी गरेको छ । प्रधानमन्त्रीको संवोधन अमूर्त रहेको मोर्चाको ठहर छ ।

समितिले तयार पार्‍यो २३२ प्रश्नावली

२६ माघ,काठमाडौं:प्रश्नावली निर्माणको लागि गठित प्रस्ताव निर्माण समितिले १ सय ९२ मुख्य र ४० वैकल्पिक गरी २ सय ३२ प्रश्नावली तयार पारेको छ। समितिले प्रश्नावली तयार पारेसँगै आफ्नो काम सकिएको बताएको छ।

समिति खारेज नभएसम्म बार्ताको औचित्य छैन: भट्टराई

धनगढी,२६ माघ:एकीकृत माओवादीका वरिष्ठ नेता बावुराम भट्टराईले प्रश्नावली समिती खारेज नगर्दासम्म वार्तामा नजाने बताएका छन्। प्रधानमन्त्रीले गरेको वार्ताको आह्वानको कुनै अर्थ नरहेको उनले बताए।

सात दिनको म्याद दलहरुलाई सहमति गर्न होः सभाध्यक्ष नेम्वाङ

इलाम, माघ २५ - संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताएका छन् । उनले मिति नतोकेरै केही महिनाभित्र सविधान बनाएर जारी गर्ने प्रतिबद्धतासमेत जनाए ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु