संबिधानसभा » समाचारहरु

सत्ता विपक्षी वार्तामा फर्कने

काठमाडौं माघ २५:दुई सत्तासीन दलबीचको अनौपचारिक सहमतिअनुसार नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीलाई वार्तामार्फत समझदारीमा आउन लिखित रूपमा आह्वान गर्ने भएपछि एमालेले संस्थागत रूपमा त्यही आसयअनुसारको निर्णय स्थायी समिति बैठकमा शनिबार गरेको छ। प्रधानमन्त्री कोइरालाले आइतबार बेलुकास म एमाओवादीलाई संवादका लागि आह्वान गर्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीद्वारा वार्ताका लागि विपक्षीलाई आह्वान

काठमाडौ, माघ २५ (पार्लियामेण्ट वाच): प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्ताका लागि आह्वान गरेका छन् ।प्रधानमन्त्री कोइरालाले आइतवार सार्बजानिक अपिल मार्फत बार्ताका लागि आह्वान गरेका हुन् । संविधानसभाले प्रश्नावली समिति गठन गरेपछि विपक्षी मोर्चा आन्दोलनमा होमिएको थियो ।

प्रश्नावली समितिको ५ दिन म्याद थप विपक्षी अनुपस्थित, राप्रपा नेपालको नाराबाजी

काठमाडौं, २२ माघ: संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठित प्रश्नावली निर्माण समितिको म्याद ५ दिन थप भएको छ । आफूलाई जिम्मेवारी दिएको काम नसकिएको भन्दै ५ दिन समय थप गर्न समितिले प्रस्ताव गरेपछि संविधानसभाको बिहिबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।

प्रश्नावली समितिको म्याद थपिने

काठमाडौं, माघ २१ - संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समितिको म्याद थपिने भएको छ । प्रश्नावली निर्माणको काम बाँकी रहेकाले बिहीबार बस्ने संविधानसभा बैठकले बढीमा पाँच दिन म्याद थप्ने गृहकार्य भएको संविधानसभा सचिवालय स्रोतले जनायो ।

राजनीतिक समिति सक्रिय बनाउन आग्रह

काठमाडौं, माघ २१:संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक संवादहीनता तोड्न राजनीतिक समितिको बैठक बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दाहाल नेतृत्वको समितिमा प्रमुख दलका शीर्ष नेताहरू सदस्य छन् ।

प्रक्रिया नरोकी सहमति खोज्न सुझाव

२० माघ,काठमाडौं:संवैधानिक कानुनका विज्ञहरुले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया जारी राख्दै एकीकृत माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छन्।

सात वर्षको प्रयास काम नलागेपछि प्रक्रिया: प्रधानमन्त्री

माघ २०,काठमाडौं:प्रधानमन्त्री सुशील कोइरालाले विगत सात वर्षदेखि सहमतिको प्रयास गर्दा पनि असफल भएपछि संविधानसभाले प्रक्रियाको बाटो समाएको बताएका छन्। युरोपेली संघ (ईयू)अन्तर्गतका मुलुकका राजदूतसँग सोमबार भएको भेटमा कोइरालाले यस्तो बताएका हुन्।

सहमति खोज्न तयार छौं : सत्तापक्ष

काठमाडौ, माघ १९:सत्तारूढ कांग्रेस र एमालेका नेताले सहमति खोज्न आफूहरू तयार रहेको बताएका छन् । यसअघि भएको दलीय बैठकमा शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा सहमति भइसकेको उल्लेख गर्दै संघीयताअन्तर्गत टुंग्याउन बाँकी प्रदेशको संख्या, नामांकन र सीमांकनबारे आपसी वार्ताबाट सहमति खोज्न सत्तापक्ष तयार रहेको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए।

तत्काल वार्तामा बस : राष्ट्रसंघ

काठमाडौ, माघ १९:विपक्षी मोर्चाको बहिष्कारलाई बेवास्ता गर्दै सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान निर्माण कार्य थालेपछि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अधिकतम लचकता अपनाएर तत्काल वार्ता थाल्न दलहरूलाई आग्रह गरेका छन् ।

अग्नि खरेलको नेतृत्वमा बन्ने भए संविधानका प्रश्न

१९ माघ,काठमाडौं । संविधानसभाको प्रस्ताव निर्माण समितिले सहमति हुन नसकेका विषयमा प्रश्नावली मस्यौदा बनाएर पेश गर्न सोमवार उपसमिति गठन गरेको छ ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु