संबिधानसभा » समाचारहरु

छिटो संविधान दिने नाममा अधिकार खोस्ने प्रयास : भट्टराई

१७ माघ,गोरखा:एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले छिटो संविधान को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिंग समुदायको हकअधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। त्यस्तो षड्यन्त्रविरुद्ध संघर्ष आवश्यक रहेको उनको भनाइ थियो।

विपक्षी नआए पनि रोकिएन संविधानको काम

काठमाडौं, माघ १७ - एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाको असहमतिबीच संविधानसभाको प्रस्ताव निर्माण समितिले शनिबार औपचारिक रूपमा काम थालेको छ ।

अघि बढ्यो समिति,कार्यविधि बनाउन उपसमिति गठन

१८ माघ,काठमाडौं:संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समिति को पहिलो बैठकले एमाओवादीसहित १९ दलीय मोर्चाका सभासदलाई समितिमा सहभागी भएर संविधान निर्माणमा अग्रसर हुन आग्रह गरेको छ।

सभाध्यक्षको कदम स्थगन विपक्षी मोर्चाको सर्त

काठमाडौ, १४ माघ ।सूचनाको हकका लागि नागरिक अभियान र पार्लियामेण्ट वाच डट ओआरजी डट एनपीले बुधबार काठमाडौमा आयोजना गरेको संविधान निर्माणः अबको बाटो बिषयक अन्तरक्रिया कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रक्रिया स्थगन गरे सहमति जुटन सक्ने बताएका हुन् ।

संविधान लेखन प्रक्रिया रोकिंदैन: खनाल

१४ माघ,काठमाडौं:नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खानालले संविधानसभाले आगाडि बढाएको संविधान लेखनको प्रक्रिया कुनै पनि सर्तमा नरोकिने बताएका छन्। डल्लुस्थित उनकै निवासमा आज संविधान लेखनका विषयमा रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै नेता खनालले संविधान लेखनका विषयमा देखिएका विवादलाई सहमतिबाटै समाधान गर्न सकिने धारणा राखे।

प्रक्रिया के हुन्छ?

सोमबार १२ माघ,काठमाडौं:प्रश्नावली समितिको पहिलो बैठक अबको पाँच दिनपछि अर्थात माघ १६ गते बस्नेछ। समितिले त्यसको पाँच दिनपछि राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा देखिएका विवादमा वस्तुगत प्रश्नसहितको प्रतिवेदन संविधानसभामा पेस गर्नेछ।

प्रश्नावली समितिको पहिलो बैठक १७ गते बस्ने

१२ माघ, काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विपक्षी दलको विरोधका बाबजुद घोषणा गरेको प्रश्नावली प्रस्ताव समितिको पहिलो बैठक यही माघ १७ गते बस्ने भएको छ ।बैठक शनिबार दिउँसो एक बजे बस्न लागेको हो । सो बैठकमा समितिको कार्यविधि लगायतका प्रस्तावमाथि छलफल हुने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

सभाध्यक्ष आफैंले प्रस्ताव पेश गर्ने

आइतबार ११ माघ,काठमाडौं:आजको संविधान सभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले नै प्रस्ताव पेश गर्ने गरी कार्यसूची तय गरिएको छ। संविधान सभा सचिवालयले यसअघिको कार्यसूची हटाएर सभाध्यक्ष आफैंले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको हो।

अन्तत गठन भएरै छाड्यो प्रस्ताव समिति

काठमाडौं:संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठनका लागि प्रस्ताव निर्माण समिति गठन गरेको घोषणा गरेका छन्। विपक्षीको होहल्लाबीच सभाध्यक्ष नेम्वाङले प्रस्ताव गठन भएको घोषणा गरेका हुन्। ७३ सदस्यीय हुने प्रस्ताव निर्माण समिति हाल ४९ सदस्यीय रहेको छ। विपक्षी दलले नाम नदिएका कारण समितिले पूर्णता पाउन भने सकेको छैन।

संविधानबिनै बित्यो माघ ८

काठमाडौ, माघ ९ - संविधानसभाको दोस्रो निर्वाचनका बेला र गतवर्ष माघ ८ मा बसेको पहिलो बैठकमा एक वर्षमै संविधान जारी गर्न सबै दलले आ-आफ्नै भाषामा व्यक्त गरेको प्रतिबद्धता व्यर्थ भएको छ ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु