संसद » समाचारहरु

११ सभासद उपस्थित गराउन समितिलाइ महाभारत, गृहमन्त्रीले २ घण्टा कुरे

काठमाडौ १८ फागुन (पार्लियामेण्ट वाच): सभासद्हरु उपस्थित नहुदा संसदीय समितिलाई कोरम पुर्याउन हम्मे परेको छ । एकजना सभासद् उपस्थित नहुदा एउटा संसदीय समितिको बैठक सोमबार २ घण्टा ढिलो गरी सुरु भयो ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौ १७ फागुन (पार्लियामेण्ट वाच): व्यबस्थापिका संसदको विकास समिति र सुशासन समितिले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । दुई समितिको आज बसेको संयुक्त बैठकले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिन समेत सरकारलाइ निर्देशन दिएका हुन् ।

तीन महिनाको पेस्की झिकेर आन्दोलनमा

२८ माघ,काठमाडौं:व्यवस्थापिका संसदअन्तर्गत सार्वजनिक लेखा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा छलफल र निर्णय लिनुपर्ने फाइलका खात छन् तर दुवै समितिका बैठक १५ दिनदेखि बस्न सकेका छैनन्। समितिका सभापति र सदस्यहरु भने सभासद एवं सभापति रहेबापत पाउने तलबभत्ता अग्रिम रुपमा बुझेर पार्टीले घोषणा गरेको आन्दोलनमा खटिएका छन्।

सार्बजानिक यातायातको भाडा घटाउन संसदीय समितिको निर्देशन

कठमाडौ, माघ २७ (पार्लियामण्ट वाच): व्यबस्थापिका संसदको विकास समितिले इन्धन मुल्यमा हुने घटबढका आधारमा सार्बजानिक यातायातको भाडा घटाउन सरकारलाइ निर्देशन दिएको छ ।

विवादास्पद ल्हारक्याल सभासद

२६ माघ,काठमाडौं: एकिकृत नेकपा माओवादीले विवादास्पद छविका पूर्व अर्थराज्यमन्त्री ल्हारक्याल लामालाई संविधानसभा सदस्य बनाएको छ। भारतीय राहदानी, तिब्बती शरणार्थी परिचयपत्र र छुट्टाछुट्टै नाममा नेपाली नागरिकता र राहदानी लिएको आरोप लागेका लामालाई एमाओवादीले समानुपातिकतर्फबाट सभासद बनाएको हो।

संसदीय समिति बैठकमा उपस्थित नहुने निर्णयमा पुर्नविचार गर्न आग्रह

काठमाडौ, माघ २२ । व्यबस्थापिका संसदको विकास समितिले संसदीय समितिको बैठक बहिस्कार गर्ने निर्णयमा पुर्नबिचार गर्न प्रमुख प्रतिपक्षी एकीकृत माओवादी लगायत विपक्षी दलसंग आग्रह गरेको छ ।

संसदीय समितिद्वारा राजदूतको नाम अनुमोदन

काठमाडौ, २१ माघ । व्यबस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र अमेरिकाका लागि प्रस्तावित राजदूत डा अर्जुन कार्कीको नाम अनुमोदन गरेको छ ।

संसदीय समितिको काम नरोकिने

१५ माघ,काठमाडौं:बहुमतीय प्रक्रियामा असहमति जनाउँदै आएको एकीकृत माओवादीले संविभानसभाका समिति र संसदीय समितिका कुनै पनि बैठकमा नजाने निर्णय लिए पनि त्यस्ता बैठकका कामकारबाही रोकिनेछैनन्। एकीकृत माओवादी सभासदले नेतृत्व गरेका दुई समितिबाहेक सबै समितिका बैठक र कामकारबाही निरन्तर अघि बढ्ने सम्बन्धित समितिका सभापतिहरुले जानकारी दिएका हुन्।

कांग्रेस संसदीय समिति अझै बनेन

१४ माघ,काठमाडौं:सभापति सुशील कोइरालालाई संसदीय दलको नेतामा चयन गरेको एक वर्ष बित्दा समेत नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति गठन गर्न सकेको छैन। वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै कोइराला गत वर्ष माघ १२ गते संसदीय दल नेता चुनिएका थिए। वरिष्ठ नेता देउवाको सहमतिमा चैत ४ गते चिनकाजी श्रेठलाई प्रमुख सचेतक र ईश्वरी न्यौपानेलाई सचेतकमा मनोनयन गरिए पनि अन्य स्थान अझै रिक्त छन्।

कांग्रेससँग हतारमा नौंबुँदे सम्झौता गर्नु गल्ती भो : माधव नेपाल

१२ माघ, काठमाडौं । नेकपा एमालेका तेस्रो बरियताका नेता माधवकुमार नेपालले कांग्रेससँग संविधान निर्माणका सन्दर्भमा ९ बुँदे सहमति गर्दा हतारमा बिचार नपुगेको स्वीकार गरेका छन् ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु