समाचारहरु » संसदद्वारा निर्मित उप समितिले काठमाडौँमा काम थाल्यो

शुक्रबार, जेठ १
व्यवस्थापिका संसदद्वारा बैशाख ३० गते निर्मित प्राकृतिक प्रकोप व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको बैशाख ३१ गतेको निर्णय अनुसार काठमाडौँ जिल्लाको अनुगमन तथा निर्देशन गर्न गठित उप समितिले ३१ गते नै आफ्नो कार्य आरम्भ गरेको छ ।

गठन भएको दिन नै अनौपचारिक बैठक बसी कसरी कामलाई अगाडि बढाउने भन्ने विषयमा छलफल एवम् कार्य आर्यारम्भ योजना निर्माण गरिएको छ ।

जसअनुसार उपसमितिका सदस्य माधव कुमार नेपालले तत्काल काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई टेलिफोन सम्पर्क गरी अहिलेसम्म भए गरेका कामहरुको चुस्त दुरुस्त विवरण उपलब्ध गराउन भन्नुभएको छ । नेपालसहित डा. शेखर कोइराला, दिपक बोहोरा तथा लक्ष्मण राजबंशी भएको समितिमा कर्मचारीको तर्फबाट शा.अ. लक्ष्मण अर्यालले व्यवस्थापनमा सघाइरहनु भएको छ ।

काठमाडौंका साँस्कृतिक धरोहरहरु, सरकारी भवन लगायतका भौतिक संरचनाहरु, व्यापारिक भवनहरु, पुराना वस्ती तथा नीजि घरहरु सबै क्षेत्रमा भएको प्राकृतिक प्रकोपको व्यवस्थापन अनुगमन तथा निर्देशन दिने गरी उपसमितिका सदस्यहरुले योजना निर्माण गर्नुभएको छ । उपसमितिले शुक्रबार नै काठमाडौँका क्षेत्र नं १ तथा २ का केही महत्वपूर्ण स्थानहरुको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

स्रोत :नेपालपाटी डटकम,शुक्रबार, जेठ १

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु