समाचारहरु » आवश्यक तयारी नगरी अघि नबढ्न समितिको निर्देशन

सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रको विवादका सन्र्दभमा पर्याप्त छलफल गरेर अघि बढ्न राज्य व्यवस्था समतिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकमा सभासद्हरूले आवश्यक गृहकार्य नगरी सशस्त्रलाई पक्राउ पुर्जी दिने अधिकार प्रत्यायोजन गर्न नमिल्ने धारणा राखेका हुन् ।

समितिको आजको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उत्पन्न विवाद र गतवर्षको प्राृकतिक विपत्तिका पीडितहरूको पुनःस्थापनाका लागि सरकारको तर्फबाट भइरहेका प्रयासको सन्दर्भमा छलफल भएको थियो । छलफलका लागि गृहमन्त्री बामदेव गौतम र गृह सचिव सूर्य सिलवाललाई बोलाइएको थियो । सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रका विषयमा उत्पन्न विवादका सन्दर्भमा गृहमन्त्री गौतमले पर्याप्त छलफल नगरी अगाढि नवढ्ने बताएको समितिको सदस्य युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत वर्षको बाढी पहिरो पिडितहरूका पुनःस्थापनाका सन्दर्भमा सरकारको तर्फबाट भइरहेको कामको सन्दर्भ विस्तृत प्रतिवेदन बुझाउन समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।

त्यस्तै समितिका सदस्य नविन्द्रराज जोशीले बैठकमा सरकारले दुई प्रहरीबीचको कार्यक्षेत्रका विषयमा विस्तृत छलफल गर्नु पर्ने कुरा उठेको बताए । ‘यस विषयमा सरकारको तयारी फितलो देखियो’ उनले भने ‘सभासद्हरूले सरकारले आवश्यक छलफल गर्नु पर्ने कुरा राख्नु भयो ।

त्यस्तै अर्का सदस्य रविन्द्रप्रताप अधिकारीले पनि त्यस विषयमा बैठकमा सामान्य छलफल मात्रै भएको बताए ।

स्रोत : नेपालपाटीडटकम

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु