समाचारहरु » संसद् अधिवेशन १५ गतेबाट आह्वान गर्न सिफारिस

सरकारले राष्ट्रपतिसमक्ष यही असार १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला,  शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डा. रामवरण यादवसमक्ष प्रस्तुत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
सरकारबाट प्राप्त सिफारिसअनुसार राष्ट्रपति कार्यालयले आवश्यक प्रक्रिया बिहीबारनै अघि बढाउने उनले जनाए ।

आषाढ १०, २०७२

स्रोत: नेपालपाटीडटकम आषाढ १०, २०७२

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु