समाचारहरु » प्रदेश सिमांकन अन्तरिम, परिवर्तन हुनसक्छ : सिटौला

झापा, श्रावण २५ - नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अहिले कायम गरिएको प्रदेशको सिमाङ्कनलाई अन्तरिम भन्दै यसमा धेरै विवाद नगर्न आग्रह गरेका छन् ।

२०५८ सालमा माओवादीले हत्या गरेका तत्कालीन गाविस अध्यक्ष श्यामसुन्दर यादवको झापा खजुरगाछीमा सालिक सिलान्यास गर्न आएका सिटौलाले असन्तुष्टसँग वार्ता भइरहेको पनि बताए । ‘नेतृत्वको असन्तुष्टसँग अप्रत्यक्ष वार्ता भइरहेको छ, चाँडै सबै एकठाउँमा आउने वातावरण बन्छ ।’ असन्तुष्टलाई मिलाउनु पर्ने भएकाले संविधान भदौको पहिलो साता मात्रै जारी हुनसक्ने पनि उनले बताए ।

उनले प्रदेशको सीमा पछि मिलाउन सकिने पनि बताए । ‘कति त प्रदेशले आफैं मिलाउन सक्छ, धान्न नसक्ने अरुसँग मर्ज हुन पनि सक्छन्,’ उनले भने ।

 
स्रोत :इकान्तिपुरडटकम
प्रकाशित मिति: २०७२ श्रावण २५

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु