समाचारहरु » संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ-नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिएका छन्।
अध्यक्ष नेम्वाङले मंगलबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा यादवलाई लिखितरुपमा निम्तो दिएका हुन्। संविधानसभाले असोज ३ गते आइतबार साँझ ५ बजे संविधान जारी गर्ने समय तय गरेको छ । यसका लागि संविधानसभा सचिवालयले भव्य र आकर्षण समारोहको तयारी गर्दैछ।

निम्तो दिएपछि अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई भने-"असोज ३ गते आइतबार ५ बजे संविधान जारी गर्ने समारोहमा उपस्थित हुनका लागि मैले राष्ट्रपति डा यादवलाई औपचारिक रुपमा लिखित निम्तो दिएँ ।"

उनले संविधानसभाले संविधानको धारा पारित गर्नेक्रम जारी रहेको र भदौ मसान्तभित्रमा यो क्रम पूरा हुने जानकारी दिए।  जवाफमा राष्ट्रपति डा यादवले संविधान जारी हुने भव्य समारोहमा आफू उपस्थित हुनका लागि चाँडै खबर गर्ने जानकारी दिनुभएको अध्यक्ष नेम्वाङले बताए। सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष नेम्वाङले भने-"मलाई पूर्ण विश्वास छ राष्ट्रपति सो समारोहमा उपस्थित हुनुहुनेछ ।" रासस

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु